Section 26
प्रतिनिधि नियुक्त गर्नु पर्ने
(१) पर्वतारोहणमा संलग्न रहेको बखत काठमाडौंमा भइपरि आउने काम गर्नका लागि पर्वतारोही दलले आफ्नोे प्रतिनिधि नियुक्त गरी त्यसको सूचना नेपाल सरकारलाई दिनु पर्नेछ ।(२) उपदफा (१) बमोजिमको प्रतिनिधि नियुक्त गर्दा हनेपाली पर्वतारोही दल बाहेक विदेशी वा संयुक्त पर्वतारोहीदललेयस ऐन बमोजिम इजाजतपत्र प्राप्त ट्रेकिङ्ग एजेन्सी वा पर्वताराेहण सम्बन्धी व्यवस्था मिलाउने कुनै संस्थालाई नियुक्त गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम नियुक्त प्रतिनिधिको काम कर्तव्य तोकिए बमोजिम हुनेछ ।